सभामुखले पहल नगर्दा संसद् बैठक बस्न सकेन् : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद् बैठक बस्न नसकेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस्तो बताएका हुन् । माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरी राखेको अभिव्यक्ति फिर्ता लिनुपर्ने आफूहरूको स्पष्ट माग रहेको उनको भनाइ छ ।

अर्को प्रसंगमा उनले सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको संलग्नता देखिएको दाबी गरे ।