एशिया कपको सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

 काठमाडौँ - एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३:१५ बजेदेखि शुरु हुदै छ ।

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ । बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो ।