मंसिर १६ मा उपनिर्वाचन गर्न आयोगको सुझाव

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएको छ ।

आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने बताए । उनले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न पनि आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।