सिन्धुपाल्चोकमा बाढीमा पसेका ९ जनाको सकुशल उद्धार

काठमाडौँ । सिन्धुपाल्चोकमा आज बिहान २ बजेदेखि परेको अविरल वर्षापछि बाढीको जोखिममा परेको ९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ३ खादलस्थित ठाडो खोलामा आएको बाढी बस्तीमा पस्दा जोखिममा परेका ९ जनाको उद्धार गरिएको हो ।

उनीहरुलाई सकुशल उद्धार गरी नेपाली सेनाको बाह्रबिसे सुरक्षा बेसमा राखिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।