गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट 

पोखरा - गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुजिगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ तीन करोडको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो ।

गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा। टकराज गुरुङले संघ सरकारबाट आउने विभिन्न शीर्षकका अनुदान रकम घटेकाले बजेटको आकार पनि घटेको जानकारी दिए । चालु आर्थिक वर्ष २०८०र०८१ का लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण ९बजेट० पेस गरेको थियो ।

अर्थमन्त्री जीतप्रकाश आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८।१ प्रतिशत र पूँजीगततर्फ कुल बजेटको ६०।४ प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार तथा वित्तीय व्यवस्थातर्फ १।५ प्रतिशत अर्थात् ५० करोड विनियोजित थियो । त्यसको अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।