‘बल्छी ध्रुबे’लाई प्रहरीले किन समात्यो ? 


काठमाण्डौँ - वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।नेपाल प्रेसले २ वर्षअघि नै अवैध वान एक्स बेटमा बल्छी ध्रबेलगायतको संलग्नता प्रमाणसहित खुलासा गरेको थियो ।