'संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन' : केपी ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद काँग्रेसको दादागिरी गर्ने ठाउँ नभएको बताएका छन् । 

आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेसले संसदमा दादागिरी देखाएको बताएका थिए । 
उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने स्पष्ट पारे । फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीस नभएको उनले स्पष्ट पारे ।