आजको बिनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

यता, युरोपियन युरोको भाउ भने घटेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा तोकिएको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८० पैसा र बिक्रीमा ९७ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।