सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सयले बढेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।