आजको विदेशी मुद्राको विनिमय दर कति छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।