गाउँपालिका भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल आज तनहुँ जाने    

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृहजिल्ला तनहुँ जाने भएका छन्।

म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न  राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

भवन वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।