जसपाका पूर्वसांसद साहमाथि सांघातिक आक्रमण, तीन जना पक्राउ  

काठमाडौँ । सर्लाहीमा जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद पूर्व प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

आइतबार मध्यराति साहमाथि सर्लाहीकै हरिपुर नगरपालिका( ६ मा मादक पदार्थ खाएका युवाहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।

आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट पूर्व सांसद साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएका प्रहरीले जनाएको छ।

‘कुटपिटमा संलगन तीन जनालाई हामीले पक्राउ गरेका छौँ । चार जना फरार छन्,’ एसपी सिंहले भने, ‘फरार भएकाहरुको खोजी गरिरहेका छौँ ।’

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले हरिपुर( ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई पक्राउ गरेको हो । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।