अर्थमन्त्री पुन अमेरिका प्रस्थान, टोलीमा को-को छन् ?  

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुन तीन दिने भ्रमणका लागि सोमबार अमेरिका प्रस्थान गरेका छन् । 

त्यहाँ हुन लागेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुनसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो ।

 सोमबार बिहान २ बजे कतारवेजको जहाजमार्फत् वासिङटन डिसीका लागि उडेका हुन् । टोलीमा मन्त्री पुनसहित अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् । 

भ्रमणका क्रममा मन्त्री पुनले अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसहित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।