डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरियो 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन प्रास गरेपनि डा सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ ।

दाहाल नेतृत्वको सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री दाहाल जनमतलाई सरकारमा फर्काउन प्रयासरत भएपनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि सरकारमा आउने जनमतको सम्भावना सकिएको हो ।