बुधबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ घटेर खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८२ पैसा र विक्रीमा १० रुपैयाँ ८७ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।