स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन

काठमाडौँ - स्कटल्यान्ड तीन खेलअगावै आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग–२ च्याम्पियन बनेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन बनेको हो ।

जसअनुसार ओमानले ४४ अंकले दोस्रो स्थानमा छ, तेस्रो स्थानमा रहेको नामिबियाको ३२ खेलबाट ३७ अ‌‌क छ । बुधवार किर्तिपुरस्थित टियु मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२‍.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो ।

चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ। उता, पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स ९यूएई० ले २६ खेलबाट २७  र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ । तालिकाको अन्तिमा  पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ । लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन् ।