काठमाडौँ उपत्यकाको तापक्रम ५.४ डिग्री सेल्सियस मापन 

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।

दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ।