कपिलवस्तु बस दुर्घटना : घाइतेहरूको उपचारमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ ।  कपिलवस्तुमा बुधबार रातिभएको दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुःख व्यक्त गरेका छन् ।

बुधबार राति मा कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाले आफूलाई दुखी, स्तब्ध एवम् मर्माहत बनाएको जनाउँदै घाइतेको उपचारमा कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएका छन् ।

उनले भनेका छन्, ‘दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न , उपचारमा कुनै कमी हुन नदिन र दत्तचित्त भएर लाग्न सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिँदै उद्दार र उपचारमा खट्नुहुने सुरक्षाकर्मी, जनप्रतिनिधि स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद दिन चाहान्छु ।’

साथै, उनले दैनिक रुपमस भइरहेका यस्ता दुर्घटना न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् ।