हिंसा शब्दको बहस नटुंगिएसम्म सदन चल्न नदिने अध्यक्ष प्रचण्ड चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंश गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ’‚ उनले भने‚ ‘त्यो विषयको सम्बोधन नभएसम्म संसद्‌मा विरोध जारी रहन्छ।’ यस्तै अर्को प्रसंगमा उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले  पछि हट्ने बताएका छन्।

उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाका लागि ख्यातिप्राप्त भएको बताउँदै उनले प्राविधिक रूपमा केही कुरा नजानेर त्रुटि भएको हुन सक्ने बताए।

उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ। सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

प्रचण्डले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै उक्त पदका लागि योग्य भएको बताए।

 रिक्त रहेका संवैधानिक पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए।