प्रतिनिधिसभा बैठक बस्दै

काठमाण्डौँ - संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पुरानै कार्यसूची तोकिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पटकपटकको अवरोधका संसद बैठक स्थगित हुँदै आएको छ । आज पनि एमालेले बैठक अवरुद्ध गर्ने सम्भावना छ । 

एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर, गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।