कति पुग्यो आजको विदेशी विनिमयदर ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

पछिल्लो समय नेपाली मुद्राको निरन्तर अवमूल्यन हुँदै आइरहेको छ । एकपछि अर्को रेडर्क बनाउँदै गएको अमेरिकी डलर पछिल्ला दुई दिनमा स्थिर छ । अमेरिकी डलरसँगसँगै युरो र पाउन्डले पनि निरन्तर रेकर्ड बनाउँदै गइरहेका छन् । 

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ रहेकामा आजका लागि पनि सोही दरलाई यथावत् राखिएको  छ । आज युरो १ को खरिद दर १४६.४९ र बिक्री दर १४७.१४ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १४६.४१ रुपियाँ र बिक्री १४७.०६ रुपियाँ थियो । 

मंगलबार पाउन्ड १ को खरिद मूल्य १७१.०९ रुपियाँ र बिक्री १७१.८६ रुपियाँ तोकिएको थियो, जुन आज खरिद १७१.४३ रुपियाँ र बिक्री १७२.० रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।