डेढ वर्षपछि ब्याजदर तोक्ने जिम्मा बैंकलाई

 काठमाण्डौँ - डेढ वर्षपछि बैकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्ने जिम्मा पाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज भएपछि नेपाल बैंकर्स संघले आगामी साउनदेखि बैंकहरू आफैले ब्याजदर तोक्न पाउने निर्णय गरेको हो । साउनदेखि बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफैले ब्याजदर निर्धारण गर्नेछन् ।

बैकहरूसँग तरलता प्रशस्त रहेको र कर्जाको माग कम भएकाले निक्षेपको ब्याजदर बैंकको अवस्थाका आधारमा निर्धारण गर्ने निर्णय गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ुहिजो तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले भद्र सहमति गर्दै आएको थियो,ु शर्माले भने, अहिले अवस्था सहज भएपछि बैंकहरूले आफै तोक्न सक्ने निर्णय गरिएको हो ।

अब बैंकहरूले आफ्नो अवस्थाका आधारमा ब्याजदर तोक्न सक्ने उनले बताए । तरलता अभावसँगै बैंकहरूबीच निक्षेप खोसाखोस र ब्याजदरमा प्रतिस्पर्धाका कारण २०७८ कात्तिकमै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १२ प्रतिशतनजिक पुगेपछि राष्ट्र बैंकले ब्याजदर एकल विन्दुमा राख्न मौखिक निर्देशन दिएको थियो ।

यो समाचार आर्थिक अभियान दैनिकमा छ ।