आइसीसीको ऐतिहासिक निर्णय : महिला र पुरुष विश्वकप विजेताको पुरस्कार रकम बराबर

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पुरुष र महिला टोलीका लागि बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ ।

आईसीसीले विहीबार आईसीसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । दक्षिण अफ्रिकाको डरबनमा भएको आईसीसीको वार्षिक सम्मेलनमा यससम्बन्धी निर्णय लिइएको आईसीसीले जनाएको छ । आईसीसी बोर्डले निर्धारित समयभन्दा अगाडि नै सन् २०३० सम्ममा पुरस्कार रकम समानतामा पुग्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने जनाएको छ ।