सिमलताल बस दुर्घटना : खोजी कार्यलाई तीब्रता दिन तीन सुरक्षा अंगका प्रमुखलाई प्रचण्डको निर्देशन

काठमाडौँ । सरकारका काम चलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस  सिमलताल बस दुर्घटनापछिको खोजी कार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका छन् ।

आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर पछिल्लो खोजी कार्य र अवस्थाको जानकारी लिएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले देशभरका दुर्घटनामा जोखिम मोलेर खोज,राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरे।

उनले सिमलताललगायत  देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

उनले भने, ‘देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्नुहोला। ’