ताप्लेजुङमा जीप दुर्घटना, चालकसहित ७ घाइते

काठमाडौँ ।  तेल्लोकबाट ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको  जीप दुर्घटना हुँदा  चालकसहित ७ जना घाइते भएका छन् ।

आइत्बार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ पौडेल चौकमा  बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । 

दुर्घटनामा परि घाइते भएका सबैको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिए ।

सिरिजङ्गाबाट  तेल्लोकबाट ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे१ज ३३१३ नम्बरको जीप स्टेरिङको टाइरेट गोली भाँचिएर सडकदेखि अन्दाजी ६ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सिरिजङ्गा गाउँपालिकाकी १८ वर्षीया मूना भट्टराई, ३५ वर्षीया श्रीमाया पौडेल भट्टराई, ७ वर्षीया इच्छा लिम्बू, २८ वर्षीया सरिता भट्टराई, २३ वर्षीय धनकुमार भट्टराई र ४१ वर्षीय बुद्धि थापा घाइते भएका छन् ।

गाडी चालक इलामको रोङ गाउँपालिका वडा नं ४ भालुझोडाका २४ वर्षीय अवि तामाङको टाउकोमा चोट लागेको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।