पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता पाँचजनाको शव फेला

काठमाडौँ ।  गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ।

भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न बाँकी रहेको छ ।

माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।