नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

 काठमाडौँ - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्दैछ ।

कोलम्बोस्थित कोलम्बो क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने पाकिस्तानी टोलीको नेतृत्व मोहम्मद हरिसले गर्नेछन् । मोहम्मद वासिम पाकिस्तानको सिनियर टोलीका सदस्य हुन् ।

हालै आईसीसी विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको नेपालले पाकिस्तान ‘ए’लाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।