स्वर्णिमको सचिवालयले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।

शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी कुट्ने धम्की दिएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको मुकुलले बताए ।

मुकुलले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’‘ लगायत अनेक भनेका छन् ।”