एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, सोमबार (भोलि) ११ बजे शपथ

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

आज (आइतबार)  राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार, सोमबार बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए ।