विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

काठमाडौँ । नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट आज बिहान प्रतापपुर गाउँपालिका-८ गंगापुरकी ३२ वर्षीया रुना पालको मृत्यु भएको हो ।

उनलाई आफ्नै घरमा सुतेकै ठाउँमा टोकेको थियो । सर्पको टोकाइबाट बेहोस भएकी पालको नेपाली सेनाले सञ्चालन गरेको त्रिबेणी क्याम्प सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।

 गम्भिर अवस्थामा रहेकी उनको थप उपचारको क्रममा जिल्ला अस्पताल परासीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।