प्रधानमन्त्री नियुक्त भएपछि ओलिले दिए सबैलाई धन्यवाद !

काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन् ।

आफु प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओलीले सामाजिक सञ्जालमार्फत ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’ भन्दै लेखेका छन् ।

आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

ओलीको शपथग्रहण भने भोलि बिहान ११ बजे शीतलनिवासमा हुनेछ । ओली मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।