त्रिभुवन विश्वविद्यालयको सभा बैठक स्थगित

काठमाडौँ । राजनितिक परिस्थितिको कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा स्थगित गरिएको छ ।

सोमबार हुने भनिएको सभा स्थगित गरिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसअघि, त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिवि सभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।