पिएनजीलाई हराउँदै अफगानिस्तान सुपर–८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

काठमाडौँ - जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।

समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी पिएनजीलाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।