आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।