नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कांग्रेसले अवरोध नगर्ने

जेठ १, काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संवैधानिक व्यवस्थाअनुसार राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले ३ बजे बस्ने संयुक्त बैठकमा अवरोध नगर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

मंगलबार बिहान मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेको छ । सोहि नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सार्वजनिक गर्ने कार्यसूची छ ।