नीति कार्यक्रम : सरकारले गरिब परिवारलाई विद्युतीय चुलो उपलब्ध गराउने 

 काठमाडौँ - सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 
उनले गरिबलक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने जानकारी दिए ।