सरकारको नीति तथा कार्यक्रम {पूर्णपाठसहित}

 काठमाडौँ - नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन विकास र सामाजिक न्याय सहित समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्धत रहेको बताए । संघीयता कार्यान्वयनका साथै आर्थिक विकासका साथै सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको राष्ट्रपति पौडेलले बताए । उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि सरकारले ध्यान केन्द्रीत गरेको जिकिर गरे ।

https://nepalstatus.com/uploads/files/policyprogram-2081-082.pdf