कांग्रेसले संसदमा गिरीबन्धुको फैसलाको विषय उठाउने

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु टी–स्टेटको फैसलाको विषयलाई संसदमा उठाउने भएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा गिरीबन्धु टी–स्टेटका विषयमा सदनमा उठाउनु पर्ने विषयमा छलफल गरेको छ ।

महामन्त्री गगनकुमार थापाले अदालतबाट भएको गिरीबन्धु टी–स्टेटका विषयमा अदालतले गरेको फैसलाबारे जानकारी गराएका थिए । बैठकमा गोकर्ण रिसोर्ट, यति होल्डिङलगायत भ्रष्टाचार र अनियमितताका विषयलाई सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको एक सांसदले जानकारी दिएका छन् ।