हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।