नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

 काठमाडौँ - मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ उनले भनिन् ।

उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ । संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।