देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकमा निराशा बढ्यो : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताउँदै सांसद केसीले सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए ।

नेता केसीले परराष्ट्रनीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताए । अहिले सरकार सरकार जसरी चल्न नसकेको बताए ।