गृहमन्त्री लामिछाने भन्छन्-'रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत छ'

 काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान–२०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछनेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरेका थिए ।