सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको कांग्रेसको निष्कर्ष

 काठमाडौँ - नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानासाही प्रवृत्ति देखाएको बताए । 

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जानेगरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए ।