काठमाडौँमा राप्रपा नेपालका बृहत प्रदर्शन, कार्यकर्ता र प्रहरीबीच ठेलमठेल हुँदा झडप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।  र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडप भएको हो ।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ। ​हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन शुरु गरेको हो।