अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ घटेर खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रीदर २९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।