आगलागीबाट धनकुटामा ३ घर जलेर नष्ट 

काठमाडौँ । आगलागीबाट धनकुटामा ३ घर जलेर नष्ट भएका छन् ।

बिहीबार बिहान  धनकुटा- १० उत्तरपानीमा बिहान १०स्३० बजे आगो सल्किएको ईलाका प्रहरी कार्यालय पाख्रिवासका ईन्चार्ज नारायण भट्टराईले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति भने भएको छैन।आगलागीबाट कमला नेपाल मोक्तान र मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ।

साथै मेहरमानको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।