विश्वकप लिग–२ मा अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा

काठमाडौँ - आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् ।

यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । नेपाली टिममा रोहित पौडेल ९कप्तान० आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ समेटिएका छन् ।