परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेरि दिँदा हुन्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेर्नुर्ने बताएका छन् ।

आज बुधवार शेर्पा पर्यटन व्यवसायी सङ्घद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले देशका अगाडि व्यक्ति कोही र केही नभएको भन्दै आफू पद छाड्न तयार रहेको समेत बताए ।

उनले भने, ‘मन्त्री कुनै मान्छेको लागि  पालो पुर्‍याउनु  मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयार छु । किनकि म भन्दा माथि देश छ  ।’

किरातीले भने,‘  शेर्पाहरूले देशलाई विश्वसामु चिनाएका मात्रै छैनन् उनीहरू संस्कृतिका धेरै धनी छन् । पर्यटन क्षेत्रमा शेर्पाहरू जति चिनिए उनीहरूको संस्कृतिलाई अझ उजागर गरेर पर्यटनसँग जोड्न सक्नुपर्छ ।’