'अहिलेको परिस्थितीमा रातारात अर्थतन्त्र सुधारको सम्भव छैन' : अर्थमन्त्री महत

 काठमाडौँ - अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक बन्दै गएको दावी गरेका छन् । अर्थमन्त्री महतले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव नरहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले उत्पादन र रोजगारी वृद्धिमा केही समय लाग्ने भए पनि लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको दावी गरेका हुन् ।

उनले मौद्रिक नीतिबारे विशेष छलफल भइरहेको जानकारी दिए । पछिल्लो समय राजश्व परिचालनमा सुधार आएको भन्दै अर्थतन्त्रबारे विगतमा फैलाइएका नकारात्मक धारणाहरू विस्तारै परिवर्तन हुँदै गएको बताए । अर्थमन्त्री महतका अनुसार पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको छ । राजश्वतर्फ भन्सार महशुलमा १३ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको छ । यद्देपी यो अपेक्षा गरेको भन्दा कम रहेको उनको भनाइ छ ।