एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?  

काठमाडौँ ।  एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। 

बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ।

आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ। 

नेम्वाङको स्मृतिमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले उनको स्मृतिमा केन्द्रीय सचिवालय बैठकबाट प्रतिष्ठान निर्माणको निर्णय गर्ने जानकारी गराएका थिए।

सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ। 

१९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।